शुक्रवार थपिए १३ सय १३ जना कोरोना संक्रमित, १४ सय ५५ जना कोरोनामुक्त


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१२ हजार २६२ जनाको पीसीआर परीक्षण गर्दा देशभर १३ सय १३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ५१ हजार ८ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै, आज १ हजार ४५५ संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार अहिले देशभर १८ हजार २८९ जना सक्रिय संक्रमित छन् । देशभर हाल ६ हजार ४६४ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार १६:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ