जनकपुरमा चीनविरुद्ध प्रदर्शन, ‘गो ब्याक चाइना’को नारा लाग्यो


टुडेखोज, जनकपुरधाम : हुम्लामा नेपाली भुमि अतिक्रमण गरेको भन्दै चीन विरुद्ध जनकपुरमा युवाहरुले प्रदर्शन गरेका छन् ।

युवा नेपाल समितिका संयोजक मोहन पाण्डेको नेतृत्वमा जनकपुरमा चीनविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी युवाहरुले अतिक्रमण बन्द गर, मिचिएको नेपाली भुमि फिर्ता गर, पुरानो सन्धी लागु गर, चिनियाँ साम्राज्यवाद मुर्दावाद जस्ता नारा लगाएका छन् ।

हुम्लाको नाम्खा गाउँपालिकामा चीनले नेपाली भुमि अतिक्रमण गरी भवन निर्माण गर्न लागेको भन्दै प्रदर्शनमा सहभागी युवाहरुले आक्रोस व्यक्त गरेका छन् । सरकारले भने चीनले नेपाली भुमि अतिक्रमण नगरेको दावी गरेको छ ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार १७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ