प्रदेश २ मा शुक्रवार कहाँ कति कोरोना संक्रमित थपिए ? हेर्नुस् पुरा विवरण


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १२ महिलासहित ९५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १३ हजार २४६ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सबभन्दा बढी पछिल्लो २४ घण्टामा रौतहटमा ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै धनुषामा १० जना, महोत्तरीमा १ जना, सिरहामा ९ जना, बारामा ६ जना, पर्सामा १२ जना, सर्लाहीमा १३ जना र सप्तरीमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २४३ जना कोरोना संक्रमित निको भएका छन् । जसमध्ये ४५ जना महिला रहेका छन् । योसँगै यस प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७ हजार ४५६ पुगेको छ ।

यस्तै पर्साको पोखरिया नगरपालिका १ बंकटवा टोलका ७७ वर्षीय पुरुषको कोरोनाकै कारण उपचारको क्रममा ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२५ पुगेको छ ।

हेर्नुस् आज थपिएका संक्रमितको विवरण :

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार १८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ