रेल्वे विधेयकमाथि सुरु भयो छलफल, के छ विधेयकमा ?


टुडेखोज, काठमाडौं : राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि दफावार छलफल सुरु गरेको छ ।

समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा रेल्वेको विकास, विस्तार गरी सुरक्षित, नियमित, भरपर्दो, स्तरीय र प्रभावकारीसँगै गुणस्तरीय सेवा सञ्चालन गर्ने विषयलाई समेत राख्नुपर्ने बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देलले रेल्वे सेवाको नाम ‘नेपाल रेल्वे’ राख्नुपर्ने धारणा राखे । निजी क्षेत्रबाट समेत रेल्वे सेवा सञ्चालन हुन सक्ने भएकाले सरकारी रेल्वेको नामको अगाडि नेपाल राख्दा उपयुक्त हुने उनको भनाई छ ।

यस्तै विधेयकको प्रस्तावनामा प्रभावकारी र गुणस्तरीय शब्द राख्दा रेल्वे सेवाको लागत बढ्ने भएकाले हटाउनुपर्ने बताइएको छ । विधेयकमा रेल्वेको सुरक्षाको लागि गठन हुने सुरक्षा इकाई सम्बन्धी विषय, यात्रीको भाडा र यात्री गुण्टा मालसमानको ढुवानी महसुल तथा विलम्ब शुल्क आवश्यकता र औचित्यको आधारमा थपघट हुने भएकाले नियमावलीमा समेटनुपर्ने उल्लेख छ ।

सुरक्षा इकाई गठन नहुँदासम्म सरकारले रेल्वेको सुरक्षा व्यवस्था गर्नुपर्ने व्यवस्था विधेयकमा उल्लेख छ । रेल चलाउन अनिवार्य अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था पनि विधेयकमा गरिएको छ ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार १८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ