राजविराज विमानस्थलबाट अन्ततः सुरु भयो नियमित उडान


टुडेखोज, सप्तरी : सप्तरीको राजविराज विमानस्थलबाट अन्ततः आज शुक्रवारदेखि नियमित उडान सुरु भएको छ ।

कोरोना भाइरसका कारण विगत ६ महिनादेखि राजविराज विमानस्थल पनि ठप्प थियो । सरकारले आन्तरिक उडान सुचारु गर्ने निर्णयपश्चात बुद्ध एयरलाइन्सले असोज ८ गतेदेखि नै उडान सुरु गर्ने भन्यो ।

तर फेरी यात्रुको अभाव देखाउँदै असोज १२ गतेदेखि उडान भर्ने जनाएका बुद्ध एयरलाइन्सले अन्ततः आजबाटै उडान सुरु गरेको छ । एयरलायन्स राजविराज शाखाका प्रमुख अनील राजवंशीले हाललाई न्यूनतम भाडादर ३२ सय ५५ रुपैयाँ (ई क्लास)को निर्धारण गरिएको जानकारी दिए ।

उनका अनुसार ३५ सय ५५ (सी क्लास), ३८ सय ५५ (डी क्लास), ४५ सय ५५ (बी क्लास), ५२ सय ५५ (ए क्लास) र ५९ सय ५५ (वाइ क्लास)को निर्धारण गरिएको छ ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार २०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ