मुख्यमन्त्रीको चेतावनी- प्रहरी परिचालनको अधिकार नदिए सर्वोच्च जान्छु


टुडेखोज, जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक साताभित्र प्रहरी समायोजन गरी परिचालनको अधिकार प्रदेशलाई नदिए सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।

शनिवार संचारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेशलाई दिएकै आधारमा प्रहरी समायोजन ऐन पारित भई कार्यान्वयमा आइसकेको भएपनि समायोजनमा आलटाल गर्नु संविधान विपरित रहेको टिप्पणी गरे ।

उनले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले शुक्रवार संघीय मन्त्रालयमा पत्र लेखी प्रहरी खटन पटनको जिम्मा दिन आग्रह गरि सकेको हुँदा सातदिन भित्र खटन पटनको अधिकार प्रत्योजन नगरिए बाध्य भएर सर्वोच्चको सवैधानिक बेन्च जाने चेतावनी दिए ।

गत माघ महिनामै प्रमाणीकरण भएको ऐनलाई कार्यान्वयनमा नल्याउनु संघीयता प्रतिको बेइमानी हो भन्दै मुख्यमन्त्री राउतले संघीय सरकारको रबैया केन्द्रिकृत मानसिकता रहेको टिप्पणी गरे । विभिन्न बहानामा संघीयतालाई नै फेल गराउने प्रयास संघीय सरकारबाट भइरहेको दोहोर्याए ।

मुख्यमन्त्री राउतले संघीयलाई फेल गराउने खेलमा लाग्नेहरु आफै समाप्त हुने चेतावनी समेत दिएका छन् ।

https://todaykhoj.com/todaykhoj2/20352
प्रकाशित : २०७७ आश्विन १०, शनिबार ०९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ