प्रदेश २ : एक महिलाको विभत्स तरिकाले हत्या, पतिको अवस्था गम्भीर


टुडेखोज, रौतहट : रौतहटको देबाही गोनाही नगरपालिका ५ टिकुलियामा शुक्रबार राति धारिलो हतियारले एक दम्पतीमाथि आक्रमण गर्दा पत्नीको ज्यान गएको छ भने पति गम्भीर घाईते भएका छन् ।

स्थानीय जगरनिया देवीको हत्या भएको गरिएको छ । खाना खाएर गफ गर्ने बेलामै ४५ वर्षीय महेश तिवारी र उनका पत्नी जगरनिया देवीमाथि छिमेकी सोनियालाल मुखिया र उनका छोरा प्रदीप मुखियाले धारिलो हतियार प्रहार गरेका थिए ।

पति–पत्नी दुवैको टाउकोमै धारिलो हतियार प्रहार गरिएकाले उपचारका लागि वीरगन्ज पुर्याएको थियो । अस्पतालमा पत्नीको ज्यान गएको इलाका प्रहरी देवाहीका प्रहरी निरीक्षक मेदानी साहले बताए । पति महेशको आईसीयूमा उपचार भइरहेको उनको भनाई छ ।

स्थानीयका अनुसार पुरानो रिसइबीका कारण घटना घटेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनाका मुख्य योजनाकार सोनियालाल र उनका छोरा प्रदीप भने फरार भएका छन् ।

प्रकाशित : २०७७ आश्विन १०, शनिबार ११:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ