डाक्टर केसीको पक्षमा फेरी प्रदर्शन, प्रहरीद्वारा धरपकड


काठमाडौं : अनसनरत डाक्टर गोविन्द केसीको पक्षमा आज फेरी काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागी युवाहरुलाई प्रहरीले धरपकड गरेका हुन् ।

प्रदर्शनकारीहरुले डाक्टर केसीको पक्षमा र सरकारको विपक्षमा नारा लगाएका छन् । डाक्टर केसीको माग पूरा गर, डाक्टर केसीको जीवन रक्षा गर, लुटतन्त्र मुर्दावाद, प्रहरीको तानाशाही मुर्दावाद, केसीको अनसन माफियालाई टेन्सन जस्ता नारा उनीहरुले लगाए ।

यसअघि पनि डाक्टर केसीको पक्षमा पटक पटक प्रदर्शन भएको छ । तर सरकार उनका माग पुरा गर्न उदासीन छन् । उनी विगत ४३ दिनदेखि अनसनमा छन् ।

प्रकाशित : २०७७ आश्विन १०, शनिबार १३:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ