आइपिएल : कोलकाताको पहिलो जीत, हैदराबादको दोस्रो हार


युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्सलाई कोलकाता नाइट राइडर्सले हराएको छ ।

आइपीएलमा पहिलो जीत दर्ता गर्ने क्रममा कोलकाताको हैदराबादलाई ७ विकेटले स्तब्ध पार्यो । हैदराबादले लगातार दोस्रो खेल हारेको हो । जीतको लागि १ सय ४३ रनको मध्यम लक्ष्य पछ्याएको कोलकाताले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गरेको थियो ।

कोलकाताको जितमा युवा ब्याट्सम्यान तथा ओपनर सुवमन गिल ६२ बलमा ५ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । ओईन मोर्गन २९ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे ।

टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनाएको थियो ।

हैदराबादका मनिष पान्डेले अर्धशतकीय इनिङ खेल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । पान्डेले ५१ रन बनाए । कोलकाताका प्याट कमिन्स, बरुण चक्रबर्ती, आन्द्रे रसेलले समान १–१ विकेट लिए ।

प्रतियोगिता अन्तरगत आज राजस्थान रोयल्स र किंग्स इलेभन पञ्जाबबीच खेल हुने बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन ११, आईतवार ०७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ