आइतबार भेटियो १५ सय ७३ कोरोना संक्रमित, थप १० जनाको ज्यान गयो


काठमाडौं : पछिल्लो २४ घण्टामा आइतबार १५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनाबाट निको भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए । संक्रिय संक्रमित चार दिनमै २ हजार भन्दाबढी बढेको छ ।

पछिल्लो २४ घण्टामै १० जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै हालसम्म कोरोनाले ४७७ जनाको ज्यान लिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन ११, आईतवार १६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ