प्रदेश २ मा आईतवार कहाँ कति कोरोना संक्रमित थपिए ? हेर्नुस् विवरण


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा आईतवार ५ महिलासहित ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या १३ हजार ३९३ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज सबभन्दा बढी सिरहामा ४८ जना संक्रमित थपिएका छन् । यस्तै धनुषामा १३ जना, महोत्तरीमा २ जना, पर्सामा १५ जना, सर्लाहीमा १ जना, रौतहटमा १ जना र सप्तरीमा ६ जना संक्रमित थपिएका छन् ।

संक्रमित १ जनाको जिल्ला खुलेको छैन ।

आज पुष्टि भएका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।

उनका अनुसार आज २४ महिलासहित २२३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै यस प्रदेशमा हालसम्म ९०१ म्हिलासहित ७ हजार ७४९ जना निको भइसकेका छन् ।

हेर्नुस् पुरा विवरण :

प्रकाशित : २०७७ आश्विन ११, आईतवार १८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ