खु:शीको खबर : प्रदेश २ मा स्थायी कर्मचारी भर्नाको बाटो खुल्यो


टुडेखोज, जनकपुरधाम : प्रदेश नम्बर २ को सरकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ ।

आज सम्पन्न मन्त्री परिषदको बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौ तह सम्मको भर्ना लिन स्वीकृति दिएको छ । प्रदेश निजामित सेवा ऐन पारित नभए सम्मको लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिएको छ ।

यस्तै बैठकले लोक सेवा आयोगको ओएनएम पारित गर्नुका साथै लोक सेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको छ ।

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नु पर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले ई दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया शुरु गरेको छ ।

प्रकाशित : २०७७ आश्विन १२, सोमबार ११:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ