तीन महिलालाई बलात्कारको प्रयास गरी फरार दुई जना पक्राउ


टुडेखोज, मोरङ : तीन महिलालाई बलात्कारको प्रयास गरी फरार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ का २० वर्षीय मोहमद सहिद मिया र २५ वर्षीय मोहमद असलम मिया छन् ।

आइतबार साँझ ६ बजे सोही वडाको सुकुम्बासी टोलबाट दुबै जनालाई पवक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार ०७६ मंसिर ५ गते राति मोहमद सहिद मिया, मोहमद असलम मिया, २२ वर्षीय मोहमद फारूक मिया र २० वर्षीय मोहमद हसरत मियाले तीन महिलामाथि बलात्कार प्रयास गरेका थिए ।

जबरजस्ती करणी प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले मोरङकी ३३ वर्षीया, २२ वर्षीया र २७ वर्षीया महिलामाथि अशोक चोकमा उनीहरुले बलात्कार गर्ने प्रयास गरेको थियो । पक्राउ परेका तीनै जनामाथि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित : २०७७ आश्विन १२, सोमबार १३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ