सोमबार १३ सय ५१ जना कोरोना संक्रमित थपिए, ७४२ जना कोरोनामुक्त


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा देशभर १३ सय ५१ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ७ सय ४२ कोरोनामुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ ।

हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ पुगेको छ । ६ हजार ३१० जना कोरोनाका शंकास्पद व्यक्ति क्वारेन्टाइनमा बसेका छन् ।

प्रकाशित : २०७७ आश्विन १२, सोमबार १६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ