कोरोनाले २४ घण्टामा ४ जनाको ज्यान गयो, मृतक ४८१ पुग्यो


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सुनसरीमा ३८ वर्षीया महिला, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ वर्षीय पुरुष र गुल्मीमा ३४ वर्षीय पुरुषको ज्यान गएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

कोरोनाका संक्रमित थपिनेक्रम बढेपनि सरकारले लकडाउन खुल्ला गरिसकेको छ । यसरी नै संक्रमित थपिदै गएमा केहि दिनमै अवस्था भयावह हुने विज्ञहरुले अनुमान गरेका छन् ।

प्रकाशित : २०७७ आश्विन १२, सोमबार १६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ