लोकतान्त्रिक आन्दोलनका योद्धा रायको निधन, जसपा नेता स्तब्ध !


टुडेखोज, सप्तरी : लोकतान्त्रिक आन्दोलनका योद्धा हरिप्रसाद रायको निधन भएको छ । पूर्व साँसद समेत रहेका उनको ८२ वर्षको उमेरमा धरानमा उपचारको क्रममा आईतवार मध्यरातमा निधन भएको हो ।

उनी मृगौला, मुटु र अल्सर रोगबाट पीडित थिए । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ घर भएका राय नेपाली कांग्रेस सप्तरीका सभापति एवम् प्रतिनिधि सभाका सदस्य समेत भइसकेका थिए ।

२०४८ सालमा उनी नेपाली कांग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए ।

कांग्रेस सप्तरीको २०३६ र २०४५ सालमा उनी जिल्ला अध्यक्ष थिए । सत्याग्रहको समयमा विभिन्न जेलमा चार महिना र जनआन्दोलनमा पनि २ महिना जेल परेका रायलाई पञ्चायतकालमा आठ वर्ष भारतमा बस्नुपरेको थियो ।

सप्तरीबाट प्रतिनिधी सभामा निर्वाचित राय नेता महन्थ ठाकुरसँग नजिक थिए । कांग्रेस परित्याग गरेर तमलोपा गठन गरेका ठाकुरकै नेतृत्वमा उनी पनि केन्द्रिय सदस्य भएका थिए ।

राजपामा समेत सक्रिय भुमिका निर्वाह गरेका रायको निधनमा जसपा नेपालका नेता तथा सांसद बृषेश चन्द्र लालले शोक सन्देश जारी गर्दै श्रद्धाञ्ली व्यक्त गरेका छन् । उनले रायको निधनले स्तब्ध बनेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

रायका एक श्रीमति, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित : २०७७ आश्विन १२, सोमबार १७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ