जनकपुर प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बृद्धाको ज्यान गयो


टुडेखोज, जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा सर्लाहीका एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सर्लाहीको हरिपूर्वा नगरपालिक ३ घर भएकी ८२ वर्षीया वृद्धाको ज्यान गएको हो । ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या भएपछि उनी गत भदौ २९ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

अस्पताल भर्ना भएकै दिन स्वाब संकलन गरी परीक्षण गर्दा असोज १ गते आएको रिपोर्ट अनुसार ति बृद्धामा कोरोना पुष्टि भएको थियो । उपचारकै क्रममा उनको ज्यान गएपछि सेनाको टोलीले शव व्यवस्थापन गरेको बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन १२, सोमबार १८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ