बटेश्वर बजारमा मगही जागरण कार्यक्रम हुने


टुडेखोज, बर्दिबास : धनुषाको बटेश्वर गाउँपालिका ४ मा मगही जागरण कार्यक्रम हुने भएको छ ।

मगही भाषाको साहित्य विशाल भएतापनि यसको संरक्षण सम्बर्द्धन नभएको कारणले हराइ रहेकोले यस भाषाको संरक्षण सम्बर्द्धन गर्न कार्यक्रम आयोजना गर्न लागेको हो । मगही भाषा अभियानी फुलगेन मगहीको पहल र उज्ज्वल युवा क्लव बटेश्वर ३ को सहकार्यमा असोज २७ गते मगही जागरण कार्यक्रमको आयोजना गरिएको युवा क्लबका अध्यक्ष राज किशोर महतोले बताए ।

कार्यक्रममा चुटकिला, कबिता, गीत बारमासा, लोक गीत लगायत मगही भाषा सम्बन्धी सबै गतिविधि प्रस्तुत हुनेछ । कार्यक्रम बटेश्वर बजारको ट्रष्टभित्र विहान ११ बजेदेखि हुने आयोजकले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार ०८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ