कोरोनाले स्वास्थ्यकर्मीसहित थप तीन जनाको ज्यान लियो


टुडेखोज, जनकपुरधाम : कोरोना भाइरसले स्वास्थ्यकर्मीसहित थप तीन जनाको ज्यान लिएको छ । सुनसरी, चितवन र वीगञ्जमा एक/ एक जनाको ज्यान लिएको हो ।

मोरङको सुनबर्सी ७ का ६८ वर्षीय पुरुषको कोरोनाले ज्यान गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उनको आज विहान ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानका दिए ।

यस्तै चितवनको भरतपुर अस्पतालमा एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका ७ का ५५ वर्षीय पुरुषको ज्यान गएको हो । उनी मृगौलाका रोगी समेत थिए ।

यस्तै पर्साका एक स्वास्थ्यकर्मीको काठमाडौंमा ज्यान गएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीको उपचारका क्रममा ज्यान गएको हो ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार १२:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ