चाडपर्व नजिएपछि भारतीय बजारमा किनमेल गर्नेको घुइचो लाग्यो


मुकेश यादव, लहान : चाडपर्व नजिकिएपछि भारतीय बजारमा किनमेल गर्नेहरुको घुइँचो लागेका छन् ।

नेपाल प्रसाशन, भातिय एसएसबीले साईकल, मोटरसाईकल र चारपाङग्रे गाडी भारत प्रवेश गर्न दिएका छैन । जसका कारण सर्वसधारण दशगजा क्षेत्रमै सवारी साधन राखेर भारतीय बजार पुग्ने गरेका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अझै सिमा नाका सरकारले बन्द गरेको छ । यद्दपी नेपालतर्फका सर्वसधारण पैदल नै भारतीय बजार पुग्ने गरेका छन् । सिरहासँग सिमा जोडिएको भारतको जयनगर, लदनिया, ललमनिया, पिपराही, खुटौना, ठाडीलगायतका बजारमा किनमलेल गर्नेहरुको घुइँचो लाग्छन् ।

नेपाली बजारमा वस्तुको मूल्य निकै अकासिएको छ । व्यापारीले मनलाग्दी मूल्य बढाएका छन् । सोही कारण सर्वसधारण विभिन्न सरसमान खरिद गर्न भारत पुग्ने गरेको बताइएको छ । भारतीय बजारमा अध्यधिक भिडभाड हुने गरेका कारण नेपालमा कोरोना भित्रिने जोखिम बढेको छ ।

सरकारी निकाय मुकदर्शक बनेपछि बजारमा समानको भाउ आकासिएको छ । यतिबेला बजारमा तरकारीको मूल्य चार गुणाले बढेको छ ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार १४:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ