बोईलर चल्लामा रंग लगाएर लोकल बन्दै बिक्री गर्ने गिरोह फन्दामा


काठमाडौं : बोईलर कुखुराको चल्लालाई कालो रातो मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै महंगोमा बिक्री गर्ने समूह सक्रिय रहेको खुलेको छ ।

बोईलर कुखुरालाई मेहेन्दी तथा विभिन्न किसिमको कृतिम रङ्ग लगाउदै लोकल बनाउदै बिक्री गर्दै आएका भारती नागरिकहरूलाई महानगरीय प्रहरी बृत्त कालिमाटीले पक्राउ गरेको छ । सेतो चल्लालाई कालो रातो रङ्ग लगाउदै गर्दा काठमाडौं कलंकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल र चन्दा देवी शाहलाई कालिमाटी वृत्तले पक्राउ गरेका छ ।

कलंकी क्षेत्रबाट अन्दाजी २० हजार गोटा तयारी तथा रङ्ग लगाउन बाँकी चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटी प्रमुख डिएसपी अपिल राज बोहराले जानकारी दिए । उनले भने, ‘बोईलर भन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा बिक्री हुदो रहेछ । त्यही भएर रंग लगाउने गरेको खुलेको छ ।’

उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्र लोकल तथा गिरिराज भन्दै १० रूपयाँमा खरिद गरि ल्याएको चल्ला दुई सयदेखि ३ सय रुपैयाँसम्ममा बिक्री वितरण गर्दै आईरहेका थिए ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार १६:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ