नेपालमा साढे २ करोड कोरोनाविरूद्धको रुसी भ्याक्सिन आउँदै


टुडेखोज, काठमाडौं : विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरसविरुद्धको साढे २ करोड भ्याक्सिन नेपाल आउने भएको छ ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख रुसी भ्याक्सिन ‘स्पुतनिक–५’ नेपाल ल्याउने सम्झौता आज भएको हो ।

फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग सम्झौता भएको छ । सम्झौता अनुसार ल्याउन लागेको कोरोनाविरुद्धको भ्याक्सिन नेपालका ९० प्रतिशत जनसंख्यालाई पुग्नेछ ।

कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरेका भइसकेको ट्रिनिटीका निर्देशक किशोर अधिकारीले जानकारी दिए । उनले भने, ‘स्पुतनिक–५ को अन्तिम परीक्षणको पर्खाइमा छौं । नेपाल सरकारको इजाजतको समेत आवश्यकता पर्ने भएकाले त्यसको समेत पहल गरिरहेका छौं ।’

नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’मा आधारित रहेको बताइएको छ । रुसी फन्डले यस सम्झौतासम्बन्धी समाचार आफ्नो वेबसाइटमा समेत राखिसकेको छ ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार १९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ