दशैंमा मठमन्दिरमा बोकाबली चढाउन नदिने प्रशासनको निर्णय


टुडेखोज, जनकपुरधाम : कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस वर्षको दशैं पर्वमा धनुषा जिल्ला भित्रका सम्पूर्ण मठ मन्दिरहरुमा बोकाबली चढाउन नदिने निर्णय गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरेको छ । मन्दिरहरुमा बोकाबली नचढाउने तथा कुनै पनि भिडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पुजा गर्ने भन्ने निर्णय भएका सूचनामा उल्लेख छ ।

जिल्लाका राजनैतिक दलका प्रतिनिधी, प्रदेशसभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिका प्रनिनिधिहरुको उपस्थितिमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको छ ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार २०:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ