राजविराजका कोरोना संक्रमित पुरुषको मृत्यु


टुडेखोज, सुनसरी : सप्तरीका एक कोरोना संक्रमितको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

राजविराज नगरपालिका ४ का ३९ वर्षीय पुरुषको आज विहान करिब ३ बजे मृत्यु भएको हो । उनी असोज १० गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएका थिए ।

असोज ९ गते कोरोना पुष्टि भएका उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा अधिक समस्या रहेको थियो । उनी करिब १० वर्षदेखि मधुमेह, उच्च रक्तचाप र मिर्गौलामा समस्या भएर डाइलासिस गराउँदै आएका थिए ।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार धरानमा हालसम्म ३७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित : २०७७ आश्विन १४, बुधबार ०९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ