कर्मचारीमा कोरोना देखिएपछि काठमाडौंबाट हुने श्रम स्वीकृति बन्द


काठमाडौं : कर्मचारीमा कोरोना पुष्टि भएपछि वैदेशिक रोजगार कार्यालय, ताहाचलबाट हुने श्रम स्वीकृति बन्द भएको छ ।

कार्यालयका कम्प्युटर अपरेटरमा मंगलबार कोरोना पुष्टि भएपछि श्रम स्वीकृतिको काम बन्द भएको विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए । उनले भने, ‘कार्यालय त खुलेको छ । तर श्रम स्वीकृतिको काम बन्द भएको छ ।’

संक्रमित कर्मचारी होम आइसोलेसनमा बसेका छन् । कार्यालयका अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेको महानिर्देशक दाहालले बताए । उनले सबै कर्मचारीको पिसिआर टेष्ट गराउनको लागि स्वास्थ्य सेवा विभागमा समन्वयन गरिसकेको पनि बताए ।

सबै कर्मचारीको रिपोर्ट आएपछि कुन मोडालिटीमा सेवा प्रदान गर्ने विषयमा निर्णय लिने बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन १४, बुधबार १२:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ