महोत्तरी प्रहरीले तस्करीका समान समातेर २२ लाख राजश्व उठायो


टुडेखोज, महोत्तरी : महोत्तरीमा चोरी तस्करी नियन्त्रणबाट २२ लाखभन्दा बढी रुपैया राजश्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामै तस्करीका समान नियन्त्रणमा लिएर २२ २२ हजार ३९३ रुपैया राजश्व संकलन भएको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार नेपालबाट भारततर्फ तस्करी गर्न लागेका पशु चौपाया, मटर र भारतबाट नेपालतर्फ तस्करी गर्न लागेका चिनी, तेल, लत्ताकपडा, विभिन्न किराना सामान तथा सो सरसामान ओसारपसार गर्न प्रयोग गरिएका सवारीसहित सो बराबरको राजश्व संकलन भएको छ ।

महोत्तरी प्रहरीले नेपालबाट भारत र भारतबाट नेपाल चोरी तस्करी गर्नमा संलग्न रहेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएर कारबाही समेत गरेको छ ।

प्रकाशित : २०७७ आश्विन १४, बुधबार १४:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ