बाबुराम भट्टराइले कोरोनाका कारण संकटमा परेकाहरुलाई खाना खुवाए


टुडेखोज, काठमाडौं : पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले राजधानीको खुल्लामञ्च पुगेर सर्वसाधारणलाई खाना खुवाएका छन् ।

बुधबार बिहान खुल्लामञ्च (पुरानो बसपार्कस्थल) पुगेर नेता भट्टराईले आफैंले पस्केर सर्वसाधारणलाई खाना खुवाए । कोरोनाका कारण भएको लकडाउनका कारण संकटमा परेका सर्वसधारणलाई यसअघि देखि नै ‘हाम्रो टिम नेपाल’ नामको संस्थाले त्यहाँ खाना खुवाइँदै आइरहेको छ ।

डा. भट्टराईले करिब आधा घण्टा सर्वसाधारणलाई खाना पस्केर खुवाएका थिए । खाना बाँड्दा उनले संकटमा परेका मानिसहरुसँग कुराकानी समेत गरेका थिए । उनको साथमा पत्नी हिसिला यमी पनि थिइन् ।

सामाजिक सञ्जालमार्फत कोरोना कहरमा परेका सर्वसाधरणलाई सरकारले वेवास्ता गरेको आरोप लगाउँदै आएका उनी सर्वसधारणलाई खाना पस्केर खुवाएपछि अहिले जताततै प्रसंशा भइरहेको छ ।

प्रकाशित : २०७७ आश्विन १४, बुधबार १५:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ