काठमाडौं : पछिल्लो २४ घण्टामा बुधबार पनि थप १५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगैं देशभर संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७ जना कोरोनामुक्त भएका हुन् । हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनामुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २५ हजार पुगेमा फेरी लकडाउन हुनेछ । यसरी नै सक्रिय संक्रमितको संख्या बढिरहे दशैं अगावै लकडाउन गर्नुपर्ने अवस्था आउँछ ।
पछिल्लो २४ घण्टामा थ ७ जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै देशभर कोरोनाले ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।