प्रदेश २ मा बुधवार कहाँ कति संक्रमित थपिए, हेर्नुस् विवरण


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा बुधवार प्रदेश २ मा ५ महिलासहित ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार धनुषा ६ जना, महोत्तरीमा ३ जना, सिरहामा १३ जना, बारामा ९ जना, पर्सामा १२ जना, रौतहटमा १ जना, सप्तरीमा १ जना र अन्य जिल्लाका ४ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १३ हजार ५२७ पुगेको छ । जसमध्ये १० हजार ५४२ जना कोरोनामुक्त भइसकेका छन् । बुधवार मात्रै १३ सय ९४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामै यस प्रदेशमा २ जनाको कोरोनाले ज्यान गएको छ । सर्लाहीको बरहथवा ६का ६६ वर्षीय पुरुष, र सप्तरीको अग्निसाइर कृष्णसावरन नपा ४ का ३९ वर्षीय पुरुषको ज्यान गएको हो ।

हेर्नुस् पुरा विवरण :

प्रकाशित : २०७७ आश्विन १४, बुधबार १७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ