बलि दिन भारत पुर्‍याइएकी युवतीको उद्धार, लहान र सप्तरीका ३ जना पक्राउ


टुडेखोज, सुनसरी : बलि दिन भारत लगिरहेकै अवस्थामा सप्तरीकी एक बालिकाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

सप्तरीको दौलतपुर गाउँपालिका ३ की १८ वर्षीया युवतीलाई सशस्त्र प्रहरीले उद्धार गरेको हा । भारतीय सुरक्षा बलको सहयोगमा भन्टाबारी नाकाबाट उनलाई सकुशल उद्धार गरी तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी चार नम्बर गण सुनसरीका प्रमुख एसपी माधव प्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार सप्तरीको अग्नीसाइबर कृष्णसवरण गापा ४ का २९ वर्षीय साहिल मन्सुरी, सप्तरीकै शम्भुनाथ नपा ७ का २२ वर्षीया सुचिनकला चौधरी र सिरहाको लहान नगरपालिका १९ का ३२ वर्षीय जीवन साह पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार तस्करहरुले भारतको बिहार, भीमनगरको मन्दिरमा बलि चढाउन ति युवतीलाई फकाएर लग्दै थिए । फकाएर युवतीलाई ल्याइदिन पुजारीले पक्राउ परेकाहरुलाइ ३ लाख रुपैया दिएको पनि अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित : २०७७ आश्विन १४, बुधबार १८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ