सिमा नाका खोल्न धनुषाका सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र


टुडेखोज, जनकपुरधाम : कोरोना महामारी फैलिन नदिन बन्द गरिएको सिमा नाका खोल्न नेपाल–भारत खुल्ला सिमा संवाद समुह माग गरेको छ ।

समुहका अध्यक्ष राजिव झाको नेतृत्वको टोलीले सिमा नाका खोल्न धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । ज्ञापन–पत्रमा विभिन्न ९ संघसंस्थाका प्रतिनिधिको हस्ताक्षर रहेको छ । ज्ञापन–पत्र गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रदेश २ मुख्यमन्त्री कार्यालयलाई पनि बोधार्थ गरी पठाएको छ ।

‘सिमा नाका लामो समयदेखि बन्द भएका कारण विरामीदेखि रोजगार गर्नेहरु समेत समस्यामा परेको छ’, ज्ञापन पत्रमा उल्लेख छ । नाका बन्द हुँदा हरेक क्षेत्र प्रभावित भएकाले भारत सीमा क्षेत्रमा रहेका दुबै देशका जनतालाई निकै कठिनाई भइरहेको छ ।’

कोरोनाको कारण इतिहासमा पहिलो पटक नेपाल भारतको सुमधुर सम्वन्धमा खटास आएको भन्दै सन् १९५० को सन्धी अनुसार नेपाल भारत निर्वाधरुपमा आवागमन सहज गर्नुपर्ने माग गरेको छ ।

हेर्नुस् ज्ञापन–पत्र :

प्रकाशित : २०७७ आश्विन १४, बुधबार १९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ