महोत्तरीमा बलात्कारको आरोपमा वडा सचिव नै परे फन्दामा


टुडेखोज, जनकपुरधाम : महोत्तरीमा एक महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक वडासचिव नै पक्राउ परेका छन् ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ स्थित मुसहरी टोलको एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वडा सचिव मिथिलेश यादबलाई पक्राउ गरेको हो । भंगहा वडा नम्बर ९ मा कार्यरत वडासचिव यादबलाई बुधबार राति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार बजारबाट घर जानेक्रममा ति महिलालाई बुधबार राती बलात्कार गरेको कुरा आएछ । तर बलात्कार भए/नभएको यर्थात मेडिकल परिक्षणपछि मात्रै पुष्टि हुन्छ । महिलाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनको भनाई छ ।

अहिले वडा सचिव यादवलाई हिरासतमा राखिएको छ । स्थानीयहरुका अनुसार वडा सचिव यादव राति अत्याधिक मदिरा सेवन समेत गरेका थिए ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार १०:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ