धनुषा : आय–व्यय सार्वजनिक कार्यक्रममै झडप, चार जना घाईते


टुडेखोज, जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा एक वडाध्यक्षले आय–व्यय सार्वजनिक गरिरहेकै बेला झडप भएको छ । झडपमा चार जना घाईते भएका छन् ।

कमला नगरपालिका ४ का वडाअध्यक्ष पल्टु कबारीको अध्यक्षतामा वडा कार्यलयको परिसरमा बुधवार आय–व्यय सार्वजनिक गरिरहेका बेला झडप भएको हो । वडाध्यक्ष पक्ष र स्थानीयबीच झडप भएको बताइएको छ ।

झडपमा स्थानीय २४ वर्षीय सियाराम बिराजी, ३१ वर्षीय महिन्द्र कुसैत र वडाअध्यक्ष कबारी पक्षका ५५ वर्षीय बौएलाल कबारी र उनका छोरा २२ वर्षीय बदरे आलम कबारी घाइते भएका छन् । घाईतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

गत दुई आर्थिक वर्षको योजना र हरहिसाब सार्वजानिक कार्यक्रममा विवाद हुँदाहुँदै झडप सुरु भएको थियो ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार ११:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ