प्रदेश २ मा फेरी कोरोनाबाट एक पुरुषको ज्यान गयो


टुडेखोज, जनकपुरधाम : कोरोना संक्रमणबाट प्रदेश २ मा फेरी एक जनाको ज्यान गएको छ । रौतहटको ईशनाथ नगरपालिका ४ का ७४ वर्षीय पुरुषको कोरोनाकै कारण ज्यान गएको हो ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा उपचाका क्रममा ति पुरुषको ज्यान गएको बताइएको छ । अस्पतालका फोकल पर्सन डाक्टर असरफ हुसेनका अनुसार गत शुक्रवार कोरोना पुष्टि भएपछि उनी अस्पतालमा भर्ना भएका थिए ।

योसँगै यस प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३४ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार ११:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ