जनकपुरधाम १३ का कार्यालय सहयोगी घुस लिदालिदै पक्राउ


टुडेखोज, जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १३ का कार्यालय सहयोगी घुस लिदालिदै रंगेहात पक्राउ परेका छन् ।

अख्तियारको टोलीले कार्यालय सहयोगी दिलिप पञ्जियारलाई घुस रकमसहित पक्राउ गरेको हो । २४ हजार रुपैया घुस रकमसहित उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।

कार्यालय सहयोगी के काम बापत घुस लिएको कुरा खुल्न सकेका छैन । उनीमाथि अख्तियारका अधिकारीले अनुसन्धान गरिरहेको छ । वडाध्यक्ष शुभनारायण मण्डलले घटनाबारे केहिबेरमा जानकारी दिने बताए ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार १२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ