सिरहामा ११५ वर्षीय जेष्ठ नागरिक सम्मानित


टुडेखोज, सिरहा : अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मुक्ति नेपाल गोलबजारले ११५ वर्षीय जेष्ठ नागरिकलाई सम्मान गरको छ ।

सिरहा नगरपालिका १२ घर भएका ११५ वर्षीय बौएलाल सिंहलाई सम्मान गरेको हो । यस्तै ७० वर्षीय लक्ष्मण दास पनि सम्मानित भएका छन् । एक समारोहबीच जेष्ठ नागरिकद्वय सिंह र दासलाई सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले पौष्टिक आहारसहित दोसल्ला ओढाएर सम्मान गरे ।

दिवसमा मात्र नभई हरेक व्यक्तिले आ–आफ्ना घरका जेष्ठ नागरिकलाई सधै सम्मान गर्नुपर्ने उनले बताए ।

संस्थाकी अध्यक्ष देव कुमारी महराको अध्यक्षमा भएको कार्यक्रममा कार्यत्रmम निर्देशक श्याम कुमारी साह, नेपाली काँग्रेसका जीवछ गुप्ता, नेपाल बार एशोसिएसनका अध्यक्ष बीरेन्द्र सिंह, अधिवक्ता गोपी प्रसाद सिंह, सिरहा नगरपालिका–११ का वडाध्यक्ष विनोद कुमार कामति लगायतको सहभागीता रहेको थियो ।

उनीहरुले समाजमा रहेको जेष्ठ नागरिकको महत्व र आवश्यकता तथा हेरविचारबारे आ–आफ्ना मन्त्वय राखेका थिए ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार १३:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ