रौतहटको गरुडा प्रहरी हिरासतमै महिलाको पनि मृत्यु


टुडेखोज, रौतहट : रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको पनि मृत्यु भएको छ ।

गुजरा नगरपालिका वडा नम्बर २ की राधिका राउत महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी हुन् । एक युवकसँग शारीरिक सम्बन्ध राखेको भन्दै राधिकालाई उनकै श्रीमान सुमन राउतले प्रहरीको जिम्मा लगाएका थिए ।

मृत्युको कारण भने खुल्न सकेका छैन । महिलाको कसरी मृत्यु भएको विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ती महिला छारेरोगको बिरामी थिए । उनी औषधी समेत खाइरहेकी थिइन् । हिरासतमा मृत्यु हुनु अगाडी उनी बेहोस् भएकी थिइन् ।

यसअघि ईलाका प्रहरी कार्यालय गरुडामै प्रहरीको यातनाबाट कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको मृत्यु भएको थियो ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार १३:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ