नक्कली इन्सपेक्टर बनेर ३ लाख ६१ हजार ठगी गर्ने पक्राउ


टुडेखोज, जनकपुरधाम : नेपाल प्रहरीको इन्सपेक्टरको पोशाक लगाएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय छन् । बुधबार रायलाई इन्सपेक्टरको बर्दीमै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन् ।

९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै यादवले ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको छ । यसअघि पनि राय सरकारी छाप किर्ते अभियोगमा जेल परिसकेको बुझिएको छ ।

पक्राउ परेका रायले पर्साको वीरगञ्ज महानगरपालिका १६ देवपार्टी प्यालेसमा नक्कली परीक्षा समेत सञ्चालन गरेको खुलेको छ । परीक्षा सञ्चालन गरी विभिन्न व्यक्तिहरुबाट ३ लाख ६१ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार १५:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ