सिरहामा सिडिओ कार्यालय अगाडीबाट तीन दलाल पक्राउ


टुडेखोज, जनकपुरधाम : सिरहा सदरमुकामस्थित सिडिओ कार्यालय अगाडीबाट सेवाग्राहीलाई ठगी गर्ने तीन जना दलाल पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा विष्णुपुर गाउँपालिका ४ का २५ वर्षीय जितेन्द्र पासवान, १९ वर्षीय राजु पासवान र सिरहा नगरपालिका २ का ३८ वर्षीय जितेन्द्र पासवान छन् । सेवाग्राहीलाई ठगी गर्ने गरेको गुनासोपछि सादा पोशाकमा परिचालन भएका प्रहरीले उनी तीनै दलाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि कानुन बमोजिम कारबाही अगाडी बढाएको सिरहाका डिएसपी बिनोद घिमिरेले जानकारी दिए । उनका अनुसार तीनै जनामाथि अहिले अनुसन्धान भइरहेको छ ।

लामो समयदेखि बन्द रहेको सरकारी कार्यालय खुलेपछि अत्यधिक भिडभाड हुने गरेको छ । जसका कारण काम गराउन ढिलो हुन्छ । तर दलालहरुले छिटो काम गराइदिने बहानामा सेवाग्राहीलाई ठगी गर्ने गरेको बुझिएको छ ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार १६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ