बिहीवार नेपालमा १९ सय ११ जनामा कोरोना पुष्टि, ११ को ज्यान गयो (पुरा विवरण)


टुडेखोज, काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १ हजार ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार योसँगै संक्रमितको संख्या संख्या ७९ हजार ७२८ पुगेको छ ।

देशभर भेटिएका संक्रमितमध्ये ५७ हजार ३८९ जना कोरोनामुक्त भइसकेका छन । पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको ज्यान गएको छ । योसँगै मृतकको संख्या ५०९ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार १६:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ