आईपीएल : पञ्जाबलाई हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लियो


एजेन्सी : साविक विजेता मुम्बई इन्डियन्सले आईपीएल टी/ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

यूएई (अबुधाबी)मा जारी १३ औं संस्करणको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै दोस्रो जित हात पारेको मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर मात्र १४३ रन मात्र बनाएपछि पराजीत भए । पन्जाबका लागि निकोलस पुरनले ४४ रन र मायांक अग्रवालले २५ रन बनाए । क्रिश्नापा गोथामलेअविजित २२ रन र कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडे ।

मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २÷२ विकेट लिएर चर्चामा आए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ७० रनको अर्धशतकीय इनिङ्स खेलेर चर्चामा रहे । यस्तै केइरन पोलार्डले अविजित ४७ रन जोडे । हार्दिक पाण्डयले अविजित ३० रन बनाए । इशान किशन २८ रन र सूर्यकुमार यादवले १० रन बनाए ।

पन्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र क्रिश्नापा गोथामले एक/एक विकेट लिएका छन् ।

विजयी भएको मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ । चार खेल खेलेको मुम्बई २ जित र २ हारसहित रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको बताइएको छ ।

यद्यपि मुम्बई भन्दा एक खेल कम खेलेको दिल्ली ४ अंक नै भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार ०६:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ