अनशनरत डाक्टर केसीलाई भेटे पूर्व राष्ट्रपति डाक्टर यादव


टुडेखोज, काठमाडौं : पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले अनशनरत डाक्टर गोविन्द केसीलाई भेटेर स्वास्थ्य अवस्था बुझेका छन् ।

चिकित्सा शिक्षा सुधारको मागसहित डा. केसी १९ औं पटक सत्याग्रह थालेका हुन् । उनलाई भेट्न पूर्वराष्ट्रपति यादव शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।

भेटका क्रममा डाक्टर यादवले डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएकामा चिन्ता व्यक्त गरे ।

डा. केसी अनसनमा बसेको १९ दिन पुगेको छ । जुम्लामा अनसन थालेका केसीलाई असोज ६ गते उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १२:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ