Breaking- धनुषामा ५ वर्षीय दलित बालक मृत भेटिए, हत्याको आशंका


जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका ७ किसान नगरमा एक दलित बालक मृत अवस्थामा फेला परेका छन् । बुवाको नाम खुल्न नसकेका ५ वर्षीय रुपेश सदा मृत फेला परेका हुन् ।

घरदेखि करिब ५ सय मिटर उत्तरमा बालक मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । ति बालक हिजोदेखि नै हराइरहेका थिए । आज मृत अवस्थामा फेला परेपछि हत्याको आशंका गरिएको छ ।

तर प्रहरीले उनको हत्या भएको वा नभएको विषयमा केहि खुलाउन चाहेका छैन । मृत बालकको शव अहिले पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउन लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १५:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ