धनौजीको विद्यालयमा बृक्षारोपन


टुडेखोज, जनकपुरधाम : ‘स्वच्छ मधेस, समृद्ध प्रदेश’ नाराका साथ वातावरण मैत्री विद्यालय अभियान अन्तर्गत धनुषाको धनौजी गाउँपालिकाको एउटा विद्यालयमा बृक्षारोपन गरिएको छ ।

अभियानका संयोजक रामकुमार साहको नेतृत्वमा धनौजीस्थित शंकर माध्यमिक विद्यालयमा बृक्षारोपन गरिएको हो । बृक्षारोपन कार्यक्रम जसपा केन्द्रीय सदस्य सुरेन्द्र कुमार मण्डलको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा जसपाका युवा जिल्ला अध्यक्ष दिपेन्द्र कापरी, समाजवादी विद्यार्थी युनियनका जिल्ला सचिव बलिराम कापरी, बिधालयका अध्यक्ष र प्रअलगायत शिक्षक, युवा, बिद्यार्थी, वडा अध्यक्ष, समाजसेवी लगायतको उपस्थिति थियो ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १६:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ