प्रदेश २ मा शुक्रवार कहाँ कति कोरोना संक्रमित थपिए ? हेर्नुस् विवरण


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा शुक्रवार प्रदेश २ मा ७९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा संक्रमितको संख्या १३ हजार ६९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार धनुषामा ३ जना, महोत्तरीमा १ जना, सिरहामा ८ जना, बारामा १० जना, पर्सामा २४ जना, सर्लाहीमा ३ जना, रौतहटमा १ जना र सप्तरीमा २८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित १ जना अन्य जिल्लाका छन् ।

पछिल्लो २४ घण्टामा ४०६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै यस प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १० हजार ९७७ पुगेको छ ।

यस प्रदेशमा सक्रिय संक्रमितको केस २५ सय ७६ रहेको मन्त्रालयले जनाएको छ ।

हेर्नुस् पुरा विवरण :

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ