प्रदेश २ मा कोरोनाले मृत्यु हुनेको संख्या १३७ पुग्यो, कुन जिल्लामा कति ?


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ का दुई कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै यस प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

शुक्रवार सिरहाको सुखिपुर नगरपालिका २ का ५५ वर्षीय पुरुष र सप्तरीको विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको छ । दुवै जनाको विराटनगरमा ज्यान गएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म सबभन्दा बढी पर्सामा ४३ कोरोना संक्रमितको ज्यान गएको छ । यस्तै धनुषाका १६ जना, महोत्तरीका १५ जना, सिरहाका १४ जना, सप्तरीका १६ जना, सर्लाहीका ७ जना, रौतहटका ७ जना र बाराका १८ जनाको ज्यान गएको छ । ज्यान जानेमा एक भारतीय नागरिक छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अहिले खुलिसकेको छ । यद्दपी कोरोना संक्रमणको जोखिम घटेका छैन । यस प्रदेशमा दैनिक कोरोनाले सर्वसधारणको ज्यान लिने गरेको छ ।

हेर्नुस् तथ्यांकमा प्रदेश २ को अवस्था :

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ