१ करोड २६ लाखमा बन्यो गढीमाई साझेदारी बनको भवन


टुडेखोज, बारा : १ करोड २६ लाखको लागतमा बाराको गढीमाई साझेदारी बन पथलैयाको कार्यालय भवन तयार भएको छ ।

नवनिर्मित भवनको शुक्रवार एक समारोहबीच बन ब्यवस्थापन समितीका अध्यक्ष गणेशजी प्रसाद साहले समुद्घाटन गरेका हुन् । हिन्दु परम्परा अनुसार पुजापाठ गरी भवनको समुद्घाटनपछि आजदेखि भवनमा कार्यालय सञ्चालन गरिएको छ ।

साझेदारी बनले आफ्नै लगानीमा भवन निर्माण गरेको अध्यक्ष साहले जानकारी दिए । टुडेखोजसँग उनले भने, ‘कार्यालय भवनको अभावमा धेरै समस्या भइरहेको थियो । अब आफ्नै भवन बनेपछि कामकाज गर्न सहज हुन्छ ।’

कार्यालय भवनमा दशवटा कोठा र एउटा सभा हल छ । करिब दुई वर्षमा भवन तयार भएको सो बनका लेखा अधिकृत नरेन्द्र झाले जानकारी दिए ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार २०:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ