प्रदेश २ : १४ वर्षीया बालिकाको लाश उखु खेतमा भेट्यो


टुडेखोज/ रौतहट : वृन्दावन नगरपालिकामा शुक्रबार १४ बर्षिया बालिकाको शव (लाश) फेला परेको छ ।

सो नगरपालिकाको वडा नम्बर ४ पल्टुवामा मामा घरमा बस्दै आएकी बालिका सन्जा कुमारी साहको शव फेला परेको हो । मृत फेला परेकी सन्जा गढीमाई नगरपालिका १ समनपुरका‌ सिताराम साहको छोरी रहेको प्रहरीले जनाएको छ ।

उखुको खेतमा सन्जा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । उनको कसरी मृत्यु भएको वा कसले हत्या गरेको विषयमा केहि खुल्न सकेका छैन ।

घटना स्थलमा पुगेको प्रहरीले थप अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार २१:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ