कोरोना लागेपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना


कोरोना भाइरस लागेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । संक्रमण पुष्टि भएको २४ घण्टा नपुग्दा ट्रम्प उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।

ह्वाइट हाउसले ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छ । ट्रम्पलाई ज्वरो आएको बताइएको छ ।

शुक्रबार आफू र प्रथम महिला मिलानिया ट्रम्पको कोभिड–१९ परीक्षण पोजेटिभ आएको ट्रम्पले ट्वीट गरेर जानकारी गराएका थिए । ट्रम्पले थकान महसुस गरेको भएपनि उनको आत्मबल राम्रो रहेको ह्वाइट हाउसले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको मध्यम लक्षण ट्रम्पमा देखिएको छ ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार ०७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ