रेल्वे कम्पनीले दशैं अगावै कर्मचारी नियुक्ति गरिसक्ने !


टुडेखोज, जनकपुरधाम : जनकपुर–जयनगर रेल संचालनका लागि नेपाल रेल्वे कम्पनीले दशैं अगावै कर्मचारी नियुक्ति गरिसक्ने जनाएको छ ।

कम्पनीले अधिकृतसहित १ सय २९ जना कर्मचारीको माग गरेकोमा ३२ हजार बढी आवेदन परेको छ । दशै अघि नै कर्मचारी नियुक्तिको प्रक्रिया सक्ने गरी काम अगाडी बढिसकेको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

दशै अघि असंभव भए तिहारअघि नै कर्मचारी नियुक्तिको काम सक्ने उनको भनाई छ । रेल सञ्चालनका लागि आवश्यक पर्ने प्राबिधिक कर्मचारी भने तत्कालका लागि भारतबाटै ल्याईनेछ । त्यसका लागि मन्त्रीपरिषदले स्विकृती दिईसकेको छ ।

सो रुटमा चल्ने ५ डब्बासहितका २ वटा रेल नेपाल आइसकेको छ । अहिले रेललाई धनुषाको इनर्वा स्टेशनमा राखिएको छ । रेल सञ्चालनमा आएपछि जनकपुरमा व्यापार व्यावसाय फस्टाउने व्यावसायीहरु बताउँछन् ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार ११:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ